<?xml version="1.0" encoding="UTF-8" standalone="yes"?><oembed><version><![CDATA[1.0]]></version><provider_name><![CDATA[United We Blog!]]></provider_name><provider_url><![CDATA[http://blog.com.np]]></provider_url><author_name><![CDATA[Siromani Dhungana]]></author_name><author_url><![CDATA[https://blog.com.np/author/siromanidhungana/]]></author_url><title><![CDATA[आफ्नै छोराछोरीलाई &#8216;ठूलो रक्तपात&#8217;मा होम्ने ताकत छ संग्रौलाजी&nbsp;?]]></title><type><![CDATA[link]]></type><html><![CDATA[<p><strong><a href="https://twitter.com/pijam5452">पारु लिम्बु</a></strong><br />
<strong> युडब्ल्युबी/गेस्ट ब्लग</strong></p>
<div data-shortcode="caption" id="attachment_8057" style="width: 748px" class="wp-caption alignleft"><img data-attachment-id="8057" data-permalink="https://blog.com.np/2015/12/27/is-khagendra-sangraula-ready-to-sacrifice-family-violence-extremism-nepal/khasa/" data-orig-file="https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=738&#038;h=311" data-orig-size="738,311" data-comments-opened="1" data-image-meta="{&quot;aperture&quot;:&quot;0&quot;,&quot;credit&quot;:&quot;&quot;,&quot;camera&quot;:&quot;&quot;,&quot;caption&quot;:&quot;&quot;,&quot;created_timestamp&quot;:&quot;0&quot;,&quot;copyright&quot;:&quot;&quot;,&quot;focal_length&quot;:&quot;0&quot;,&quot;iso&quot;:&quot;0&quot;,&quot;shutter_speed&quot;:&quot;0&quot;,&quot;title&quot;:&quot;&quot;,&quot;orientation&quot;:&quot;0&quot;}" data-image-title="khasa" data-image-description="" data-medium-file="https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=738&#038;h=311?w=400" data-large-file="https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=738&#038;h=311?w=738" class=" wp-image-8057 alignleft" src="https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=738&#038;h=311" alt="khasa" width="738" height="311" srcset="https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png 738w, https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=150&amp;h=63 150w, https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?w=400&amp;h=169 400w" sizes="(max-width: 738px) 100vw, 738px" /><p class="wp-caption-text">Popular writer Khagendra Sangraula saying there will be a bloodbath without an autonomous Limbuwan province. Paru Limbu challenges him to shed the blood of his own family and asks Sangraula not to entice violence from ordinary Limbus.</p></div>
<p>सामाजिक सञ्जाल पनि बडो अनौठो लाग्छ । यसो केही लेख्यो प्रतिक्रियाहरु थुप्रिने । तर आधिकारीक भने नहुने ।</p>
<p>प्रगतिशील भनिएका लेखक खगेन्द्र संग्रौलाको झण्डै ३ महिना पहिला छापिएको एउटा अन्तर्वार्ता आँखामा ठोकिन आईपुग्यो । अन्तर्वार्ताको हेडलाईन थियोः “लिम्बुवान स्वायत्तता नभए ठुलो रक्तपात हुन्छ˝ । अन्तर्वार्ता पढ्नासाथ मेरो मनमा थुप्रै प्रश्नहरु ओहिरिए ।</p>
<blockquote class="twitter-tweet" lang="en">
<p dir="ltr" lang="ne">सुझाव संकलनको नतिजा राम्रो।नाम र सीमासहितका प्रदेश, प्रत्यक्ष निर्वाचित कार्यकारी, आमा वा बाको नाममा नागरिकता नभए अब आगो बल्ने भो।राम्रो भो।</p>
<p>— Khagendra Sangroula (@belakoboli) <a href="https://twitter.com/belakoboli/status/624032205040300032">July 23, 2015</a></p></blockquote>
<p>कति सजिलोसँग हिंसाको लागि उकास्न सकेका यी मनुवाले भन्ने । अर्कोतर्फ फेरी यही हेडलाईन मनमा खेलाएँ र सम्झिँएः के यो अभिव्यक्ति हिंसाको पुजारी बाहेक सामान्य मानिसले दिन सक्छ? अझै गहिरो प्रश्नः ठुलो रक्तपातको लागि त रगत बगाउनुपर्छ । रगत कसले बगाउने? संग्रौला परिवारले? के संगौला परिवार रगत बगाउन तयार छ? के होसहवास् मै यस्तो बोले त खगेन्द्र संग्रौलाले?</p>
<p>यसपछि मेरो मनमा थप प्रश्नहरु उठ्दै गए । संग्रौलाजी जस्तो “आर्दशवादी” व्यक्तिले आफू र आफ्नो परिवारलाई रक्तपातमा नहोमी लिम्बुलाई रक्तपातमा होमिन कसरी आव्हान गरे होलान र?</p>
<p>यस विषयमा जान्ने इच्छा तिव्र भयो र मैले संगौलाजीलाई प्रत्यक्ष सम्बोधन गरेर <a href="https://twitter.com/pijam5452/status/680045561131569152">ट्विट गरेँः</a> तपाँई उग्र क्रान्तिकारी भएकोले सबैले सोधिरहेका छन्ः तपाईँका सबै सन्तान यहि देशमा छन्? की अमेरिका युरोपमा? जवाफ दिनुस है मान्यबर ।</p>
<p>ट्विटगर्ना साथ टिवटे प्रतिक्रिया शुरु भयो । मोटामोटी रुपमा ट्विटमा (टाईमलाईन र डिएम)मा के कस्ता प्रतिक्रिया प्राप्त भए भन्ने म यसरी प्रस्तुत गर्न अनुमति चाहन्छु:</p>
<p>तपाईँका सन्तानहरु विदेशतिर छन् । तपाईँ पनि केही समय अमेरिकातिर बस्नुभएको थियो । त्यता बस्न गाह्रो भएर नेपाल नै फर्कनु भयो । तपाईँले छोरा विदेश गएपछिको दशैंमा दशैंको प्रतिकात्मक महत्व दर्शाउँदै छोराछोरी विना दशैं मनाउन पर्दाको पीडा समेटेर लेख लेख्नुभएको छ ।</p>
<p>कतिपयले भने तपाईँको उमेर पुगेका छोराछोरीको उनीहरु अनुकुल जीवन बिताउनु अधिकार हो । यसमा सार्वजनिक बहस जरुरी छैन । भन्ने प्रतिक्रिया पनि व्यक्त गरे ।</p>
<p><strong>म व्यक्तिगत रुपमा तपाईँको छोराछोरीको गोपनियताको हकको उच्च सम्मान गर्दछु र यो देशका हरेक बयश्क नागरिकले आफ्नो व्यक्तिगत निर्णय गर्न स्वतन्त्र छ भन्ने पनि विश्वास गर्दछु ।</strong></p>
<p>सँगै म सम्झन्छु माहात्मा गान्धीलाई । उनी भन्दथे जुन कुरा तिमि तिम्रो जिवनमा लागु गर्न सक्दैनौं त्यो कुरा अरु व्यक्तिमा लाद्नु ठिक होइन । उनी यतिसम्म आदर्शवादी थिए की आफूले चीनी खान छोड्न नसक्दासम्म गाउँका बालबालिकालाई चीनी धेरै खान हुन्न भन्ने अनुरोध समेत गरेनन् । अर्थात <strong>आफुले नै कार्यान्वयन गर्न नसक्ने आदर्श अरुलाई सुनाउन हुन्न भन्ने ठान्दथे गान्धी ।</strong></p>
<p><strong>ठुलो रक्तपात</strong> भन्ने शब्दले बोकेको अर्थ के हो पक्कै थाहा पाएर नै तपाईँले अन्तर्वार्ता दिनुभयो होला । रक्तपातको “आदर्श” छाँट्नु अघि तपाईँले एकपटक आफ्नो छोराछोरीको रगत बगे के हुन्छ भन्ने कल्पना गर्नुभयो? की तपाईँलाई कथित प्रगतिशील र क्रान्तिकारी बनाईदिन जनताका छोराछोरीले मात्र रगत बगाउनुपर्ने हो?</p>
<p>यदी म तपाईँकी छोरी भईदिएको भए निश्चय नै भन्ने थिएँः बाबा सोझा जनतालाई रगत बनाउन आव्हान गरिएका विचार छाड्नुहोस् । तपाईँ आफ्नै सन्तानका अनुहार सम्झेर भएपनि मर्ने र मार्ने कामको वकालत छाड्नुहोस ।</p>
<p>मलाई आशा छ तपाईँको छोराछोरीले पनि तपाईँलाई यो अनुरोध गर्नुभएको छ । तपाईँको छोराछोरीलाई यो महसुस पक्कै होला की यो देशमा “ठुलो रक्तपात” हुँदा साना मान्छेहरु अर्थात गरिब मान्छेहरु नै मारमा पर्दछन । उनीहरु जस्ता सयौं छोराछोरीहरुको विचल्लि हुन्छ । ज्यान जान्छ ।</p>
<p>गोपनियताको हकको सम्मान गर्दै, व्यक्तिगत प्रश्न भएकोमा माफी माग्दै म नम्रतापुर्वक प्रश्न गर्न चाहन्छु कृपया एकपटक आफ्नै छोराछोरीलाई सोध्नुहोस्ः मैले गरेको ठुलो रक्तपातको आव्हान कसको लागि हो? यसले सोझा जनताका छोराछोरीको हित गर्छ ? गरिब लिम्बुहरुको हीतमा छ ठुलो रक्तपात?</p>
<p>संग्रौलाजी काठमाडौं निर्मम छ । निर्दयी छ । टाठाबाठा बाहुनक्षेत्री र टाठाबाठा जनजाती नेताहरुको एकता छ । हिजोका शाषकका सन्तानहरुसँग केही टाठाबाठा जनजाती नेताको मुद्धाहरुमा एकता जस्तो देखिन्छ । खास त्यो स्वार्थको एकता हो । धनी र शाषक बाहुन र धनी र अग्रभागमा रहेका अन्य जातजातीको मिलोमतो छ । टाठाबाठा बाहुनलाइ गरिब बाहुनको सत्तोसराप गरेर &#8220;प्रगतिशील/क्रान्तिकारी&#8221; देखिनु छ भने टाठाबाठा जनजाती नेताहरुलाई पनि टाठाबाठा बाहुनको समर्थनमा मुलधारमा उपस्थिति देखाउनु छ । तपाईंकै दर्शनमा हिजो देशका गरिबलाइ चुसेर पढेकाहरु आज अचानक &#8220;क्रान्तिकारी&#8221; हुनु कत्तिको प्राकृतिक हो? आफैं बुझ्नुहोला ।</p>
<p><strong>सबै क्षेत्रीबाहुन शाषक हुन भने तपाईँ पनि शाषक नै हो नी होईन र? सबै क्षेत्रीबाहुन शोषक हुन भने तपाईँ पनि शोषक नै हो नी हैन र?</strong> <strong>की तपाईँजस्तो बिचार राख्ने बाहुन मात्रै “प्रगतिशील” र फरक विचार राख्ने गाउँको हली पनि सामन्त हो र? गोलमोटोल शब्द प्रयोग गरेर धनी बाहुन र वास्तविक शाषकहरुको चाकडी र गरिब पहाडे बाहुनलाई सत्तोसराप गर्नुको फाईदा के?</strong></p>
<p>संग्रौलाजी तपाईँको जस्तो लामो अनुभव त मेरो छैन । कहिलेकाँही सुन्थे तपाईँ बामपन्थी विश्लेषक हो भन्ने । वामपन्थि विश्लेषकले वर्गको कुरा कस्तो भुलेको?</p>
<p>वर्गको कुरा भुल्नुस ठिक छ । तर जातजातिकोबीचमा फाटो ल्याउने काम नगर्नु होला । हरेक पटक बोल्दा सम्झने गर्नुस तपाईँका छोराछोरी र अरु बाआमाको छोराछोरीको जीवनको मुल्य बराबर होईन र?</p>
<p>अन्तमा, व्यक्तिगत टिकाटिप्पणी हुन पुगेको भए माफ पाउँ। अप्रिय र बिझ्ने शब्द परेको भए नि माफ पाउँ। यो मेरो व्यक्तिगत भावना हो। तपाईंको छोराछोरीको उदाहरण प्रस्तुत गरे पनि म वहाँहरुले यो देशका आम मानिसका छोराछोरीले जस्तो द्वन्द र हिंसा भोग्न नपरोस भन्ने कामना गर्दछु।</p>
<p>(हाल: लाहान)</p>
]]></html><thumbnail_url><![CDATA[https://unitedweblog.files.wordpress.com/2015/12/khasa.png?fit=440%2C330]]></thumbnail_url><thumbnail_width><![CDATA[439]]></thumbnail_width><thumbnail_height><![CDATA[185]]></thumbnail_height></oembed>